हामी ढुक्क छौं सूर्य चिन्ह हामीले पाउँछौं : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको नेकपाको राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चगमनतिर लागेको कुरा उनको व्यवहारबाटै प्रष्ट भएको श्रेष्ठले बताए ।

नेकपाको अन्तरविरोध प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका व्यक्तिकै कारण भएको थियो, यो समाधान हुन नपाएरै प्रधानमन्त्रीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने काम भयो, मंगलबार बानेश्वरमा संवाददाहरुसँग कुरा गर्दै श्रेष्ठले भने, हामी ढुक्क छौं संविधानअनुसार प्रतिनिधि सभा पुनस्र्थापना हुन्छ । पार्टीको नाम र चुनाव चिन्ह हामीसँगै नै आउँछ । यसमा हामीसँगै नै आउँछ । यसमा कसैले द्वुविधा नमाने हुन्छ ।

अहिलेको अवस्थामा संसद विघटन गर्न मिल्दैन भन्ने कुरा ओली समूहका नेताहरूलाई पनि राम्ररी थाहा भएको श्रेष्ठले बताए ।

उनले सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाइएको छ भन्ने प्रचार गरिए पनि सेटिङ मिलाएकै आधारमा ती संस्थाहरूले काम नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्