प्रधानमन्त्री ओलीले नसोची बोल्दा हाम्रो शीर झुक्यो : माधवकुमार नेपाल



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई माया लागे नेकपा ओली गुट भन्न आग्रह गरेका छन् ।

पार्टी नेता झलनाथ खनाललको प्रस्तावमा दुई तिहाइ केन्द्रीय समिति सदस्यबाट सर्वसम्मत आफू नेकपाको अध्यक्ष भएको नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्र्तरक्रियामा धारणा राख्दै निरंकुश शैलीले अगाडि बढेपछि प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गरेको बताए ।

‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनले भने, ‘उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन । कतिदिन नेकपा रहने हो । उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी होइन । तर विडम्बना उहाँ नै अध्यक्षमा आसिन हुनुभयो हामी धुँरूधुँरू रोएर बस्यौं ।’

प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्