‘अर्बौ भ्रष्टचारका नाइके प्रम ओली रुकुममा चुनाव लड्न आए हुन्छ’ : नेता शर्मा



प्रधानमन्त्री केपी शर्मा ओली अर्बौ भ्रष्टचार गर्ने भ्रष्टहरुको नाइके भएको र भ्रष्टचार बाहेक अरु कुनै काम नजानेको नेकपा रुकुम पश्चिम का अध्यक्ष तथा प्रदेश माननीय गोपाल शर्माले एक कार्यक्रममा बताएका छन् ।

कार्यक्रममा बोेल्दै सरकारमा रहदाँ प्रधानमन्त्री ओलीका माताहतका मन्त्रीहरुले गरेका ७० करोड टेप काण्ड, ओम्नी समुह, यति ग्रुप त्यसैगरी महेश बस्नेत र किशान श्रेष्ठले पूर्वमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको जस्ता थुप्रै काण्डै काण्डको बारेमा तितो व्यङग्य गर्दै ओली सरकारको भत्र्सना गरेका छन् । यो कदम पूर्ण रुपमा तानासाही र लोकतन्त्र विरोधी भएको नेता शर्माले आरोप लगाएका छन् ।

पालिका स्तरीय कार्यक्रमहरुमा बोल्दै नेता शर्माले चौरजहारी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा शो कुरा बताएका छन् । रुकुममा पूर्व एमाले र पूर्व माओवादी नरहेको र सिंगो नेकपा मात्र रहेको बताएका छन् । एक प्रसंगमा उनले भने, ‘केपी बाका छोराहरु धेरै जन्मिएकाले देश भड्खालोमा परेकोले ती महेश बस्नेत, सूर्य थापा, गोकुल बाँस्कोटा लगायत केपी ओलीका थुप्रै छोराहरुलाई रुकुममा चुनाव लड्न आए हुन्छ’ ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा जे पनि गर्न पाइन्छ भन्ने संविधानको कुन धारा र उपधारामा लेखिएको छ ? जनतालाई देखाउन नेता शर्माले चुनौती दिए ।

रुकुम पश्चिमका सबै गाउँपालिका र नगरपालिकाहरुले सामुहिक रुपमा ओली सरकारको विरोध स्वरुप कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । नेता शर्मा पूर्वमन्त्री जनार्दन शर्मापछिका अत्यन्त संभावना रहेका नेताको रुपमा लिने गरिन्छ । हाल नेकपा फुटेर दुई भागमा विभाजन भएतापनि रुकुममा भने पूर्व एमाले खेमाबाट देखा परेका युवानेता बिमल पुन र रुकुमको सिंगो पूर्व एमालेहरु माधव समूहतिर लागेपछि ओली समूह रुकुममा खाली देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्