सांसद विडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार प्रस्ताव राष्ट्रियसभामा दर्ता गरे



काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रपति विद्यदेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्वीकार प्रस्ताव राष्ट्रिय सभामा दर्ता गराएका छन् ।

सांसद विडारीले संसद रहेको अवस्थामा गएको मंसिर २९ गते राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश जारी गर्नु विधिसंगत नरहेको भन्दै अस्वीकार प्रस्ताव दर्ता गरेका छन् ।

सांसद विडारीले संविधानको धारा २ सय ८४ को व्यवस्था अनुसार देशको उच्चपदस्थ पदाधिकारीहरु रहने व्यवस्था र तिनीहरुबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति पदाधिकारीबारेि निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रियसभा नियमावलीको नियमा ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्