सुदुरपश्चिममा ओलीको बहुमत, प्रचण्ड माधव तर्फ अल्पमत : मंगल थापा



खगेन्द्र हमाल, अनेरास्ववियू(ओली समूह)का केन्द्रिय सदस्य एवंम युवा नेता मंगल थापाले सुदुर पश्चिम प्रदेशमा जम्मा १६ वटा सिट मध्य केपि ओली पक्ष बहुमतका साथ १० सिट रहेको बताए । प्रचण्ड-नेपालपक्षका ४ सिट अन्य २ गरेर पनि कमरेड प्रचण्ड माधवजिको बहुमत नपुग्ने भएपछि निर्वाचनमा जान डराएको थापाको भनाइ छ ।

आफ्नो बहुमत नपुग्ने र बिगतमा गरेका कमिखकम्जोरिका कारण जनताले विश्वास नगर्ने भएपछि चुनाव देखि भाग्ने प्रयास गरेका हुन ।

कमरेड केपि ओलि एक प्रगतिशील, जिम्मेवार, सच्चा राष्ट्रवादि, कम्युनिष्ट विचार धाराबाट प्रेरित भएका एक महान गौरवशाली राष्ट्रबादी नेता हुन उनले भने । उनी सिद्धान्तको सही व्याख्याता, गर्ने र वैज्ञानिक समाजवादको पक्षधर वामपन्थी नेता थापाले दाबी गरे ।

वामपन्थी आन्दोलनमा करिब पाँच दशक बिताउनुभएका कमरेड केपि नेपालको राजनीतिक विभिन्न ऐतिहासिक कालखण्डका बारेमा गहिरो अध्ययन हाँसिल गरेका अनुभवी, शालीन र भद्र नेताका रुपमा राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा निकै परिचित उनले बताए ।

अर्को प्रसंगमा उनले भने कठिन परिस्थितिमा पार्टी र सरकारलाई कुशलतापूर्वक नेतृत्व गरेको अनुभव उहाँसँग छ । यति हुँदाहुँदै पनि उहाँ गैर कम्यूनिष्ट चिन्तन, पार्टी भित्र जबर्जस्त हुर्कदै गएको प्रतिगनमि चिन्तन, अराजनीतिक व्यवहारको र दलाल पुँजीवादको विपक्षमा आजपर्यन्त दृढतापूर्वक उभिरहनु भएको कुरा नेता कार्यकर्ता र आम जनताका बीचमा सर्वविदितै छ ।

उनका अनुसार समाजवादी चिन्तन, कम्युनिष्ट आचरण, अग्रगमन र पार्टी अनुशासनका सन्दर्भमा उच्च स्थान बनाउनु भएको ओलिको तुलना गैर कम्युनिष्ट चिन्तन, अराजनीतिक व्यवहार, गुटगत मानसिकता भएका दलाल पूँजीवादका सच्चा नेतृत्व सँग गर्नु आफैमा हास्यास्पद छ ।

नेता ओलिको राष्ट्रवादी अडान र कम्युनिष्ट चिन्तनलाई राष्ट्रपतिको लालसासँग जोडेर जिम्मेवार व्यक्तिहरुबाट सामाजिक सञ्जालमा वान्ता गर्ने कुराले ओलिसँग गलत मनस्थिति भएका व्यक्तिहरू कति डराएका रहेछन् भन्ने कुरा प्रष्ट भएको उनले बताए ।

आज नेपाल कम्युनिष्ट पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको छ । ओलि पार्टी एकताको मूल स्पिरिटको पक्षमा, चुनावि वाचा पूरा गर्ने पक्षमा, सरकारलाई समाजवादी बाटोमा कसरी हिडाउने भन्ने अभियानको नेतृत्व गरिरहनुभएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

नेता ओलिलाइ जोडेर गुटगत पराजित पराधीन मानसिकताबाट आएको पछिल्ला योजनाबद्ध झुट समाचारको खण्डन गर्नु र सत्यतथ्य कुरा आम पार्टीपंक्ति र नेपाली जनतासमक्ष पुर्याउनु तपाई हामी सबै नेकपा कार्यकर्ताको कर्तव्य भएको उनले दाबी गरे ।

यस्तो रह्यो नेकपामा सुदूरपश्चिमका प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको बिभाजन
जम्मा सिट संख्या : १६
नेकपा ले जितेको संख्या : १४

ओली पक्षमा : १०
१) लाल बहादुर थापा बाजुरा
२) यज्ञ बोगटी अछाम २
३) भैरव बहादुर सिह बझाङ
४) प्रेम आले डोटी
५) दामोदर भण्डारी बैतडी
६) गणेश सिह ठगुन्ना दार्चुला
७) नर बहादुर धामी कंचनपुर २
८) गौरी शंकार चौधरी कैलाली ३
९) लेखराज भट्ट कैलाली ४
१०) नारदमुनी राना कैलाली ५

प्रचण्ड पक्षमा : ४ जना
१) भिम रावल अछाम १
२) बिना मगर कंचनपुर १
३) दिपक प्रकाश भट्ट कंचनपुर ३
४) झपट रावल कैलाली २

कमरेड केपि ओलि एक प्रगतिशील, जिम्मेवार, सच्चा राष्ट्रवादि, कम्युनिष्ट विचार धाराबाट प्रेरित, सिद्धान्तको सही व्याख्याता, वैज्ञानिक समाजबादका एक बलिया खम्बा हुन । देशमा स्थिरता नचाहने बिकास बिरोधिहरुलाई नेपाली जनताले मुल्यांकन गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्