प्रेमीले प्रपोज गरेको खुशीमा उफ्रिँदा प्रेमीका ६५० फिट तल खसिन्, बचाउन प्रेमीले पनि हाम फालेपछि यस्तो भयो…



प्रेम सबैलाई हुन्छ । कुनैपनि केटालाई केटी र केटीलाई केटा मनपर्नु सामान्य हो । हामी अक्सर विपरीत लिङ्गप्रति नै आकर्षित हुने गर्छौ । तर केटा मान्छे जसरी आफ्नो कुरा खुलेर राख्छन् त्यसरी केटी राख्न सक्दैनन् । या भनुम कुनैपनि केटालाई कोही केटी मनपर्यो भने उनीहरुले प्रपोज गरिहाल्छन् तर त्यो आँट प्राय केटी मान्छेमा हुदैँन ।

केटी केटाले नै प्रपोज गरोस् भन्ने चाहन्छन् र प्रपोज गर्दा निकै भावुक या भनुम खुसी पनि हुन्छन् । प्रेमीले प्रेमिकालाई प्रपोज गरेको पल निकै नै यादगार र रोमान्टिक हुन्छ । तर यो पल सबैको लागि रोमान्टिक भने नहुँदो रहेछ । यस्तै घटना अष्ट्रियामा घटेको छ ।

अष्ट्रियाको फल्कर्ट पहाडमा एक प्रेमीले आफ्नी प्रेमिकालाई घुमाउन लिएर गएका थिए । उनले सोही बेला आफ्नी प्रेमिकालाई प्रपोज पनि गरे । प्रेमिकाले निकै खुसी भएर प्रपोज स्वीकार गरिन् र उनी खुसी उफ्रिन थालिन् । यसैबिच उनको खुट्टा चिप्लियो र उनी सो पहाडबाट ६५० फिट तल चट्टानमा खसिन् । तर उनको भाग्य उनी बाँचिन् । उनलाई खासै चोट पनि लागेको छैन ।

चट्टान पुरै हिँउले ढाकिएको भएकाले उनलाई केही पनि नभएको हो । प्रेमिका खस्ने बित्तिकै प्रेमी पनि उनलाई बचाउन हाम फाले । तर उनी ५ फिटमै अल्झिए । प्रेमी पनि बाँच्न सफल भए तर उनको खुट्टा भने भाच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्