
सुनको भाउ फेरि ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य मगंलबार बढेर तोलामा ९६ हजार ४ सय पुगेको छ । यसरी हेर्दा सुनको मूल्य हिजोभन्दा आज ११ सय रुपैयाँले बढेको छ ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार तोलामा १ हजार ३ सय २४ रहेको चाँदी आज बढेर तोलामा १ हजार ३ सय ३५ पुगेको छ ।





