

काठमाडौं । नेकपा (प्रचण्ड-माधव) समूहले पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इन्चार्जबाट हटाएको छ ।
समूहका अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टीको गण्डकी प्रदेश इन्चार्ज गुरुङ र लुम्विनी प्रदेश इन्चार्ज पोखरेललाई हटाउने निर्णय गरेको हो ।
पेरिसडाडाँमा बसेको बैठकले गण्डकीमा देवेन्द्र पौडेल र लुम्विनीमा युवराज ज्ञवालीलाई इन्चार्जको जिम्मेवारी दिएको छ।