
काठमाडौं । नेपाली कांग्रेसले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैंठकले माघ मसान्तभित्र सबै जिल्लाको क्रियाशील सदस्यता नवीकरण तथा वितरण गरिसक्न निर्देशन दिएको हो ।
यसअघि कांग्रेसले मंसिर मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरे पनि अर्घाखाँचीबाहेक अरू जिल्लाले क्रियाशील सदस्यता टुंग्याउन सकेका थिएनन् ।
सिन्धुपाल्चोकलगायत कतिपय जिल्लामा समायोजनका काम बाँकी रहेकोले क्रियाशील फारमा पनि पुगेको थिएन । अब कांग्रेसले माघ मसान्तभित्र क्रियाशिल सदस्यता टुंगाउन जिल्लाहरुलाई समय दिएको छ ।





