५० थान गोलीसहित एक जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुन ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

झापा मेचीनगर २ का बद्रीहाङ राई ९ एमएमके पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो ।

प्रतिक्रिया दिनुहोस्