प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा १२ बजेबाट बैठक सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पत्नी सीता दाहालको उपचार गर्न अध्यक्ष प्रचण्ड भारत गएकाले बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका छन् ।

आजको बैठकमा पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले लिएका निर्णयमाथि थप विमर्श हुने उनको भनाइ छ ।

नेपालको संयोजकत्वम पार्टी एकताका बाँकी काम पूरा गर्न र नेताहरुलाई कार्यविभाजन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्