पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले विदेशी शक्तिले हस्तक्षेप गर्न मिल्दैन : मन्त्री तुम्बाहाम्फे



मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् ।

प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् ।

‘दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गर्नुभएको छ,’ उनले भनिन्, ‘तर संसद् विघटनको विषयमा स्पष्ट रूपमा संविधानको धारामा लेखिएको छैन ।

पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नमिल्ने तुम्बाहाम्फेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्