ओलीको प्रचण्ड-नेपालमाथि अराजनीतिक टिप्पणी : सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो



काठमाडौं । नेकपा ओली समूहका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् ।

काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले छुट्टै बैठक गरेका नेताहरुलाई कडा आलोचना गरे ।

उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरु सहिद त होइन । अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन । खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो ।

ओलीले भने, ‘तपाईंहरुले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ अत्तर छर्किनुपर्छ ।’ यति भन्दा–भन्दै पनि ओलीले प्रचण्ड–माधव समूहमा लागेका नेताहरुलाई पार्टीमा आउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्