प्रधानमन्त्री ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरे : मुख्यमन्त्री राउत



काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरेको बताएका छन् । उनले संविधानले नै सरकार बनाउने विभिन्न सम्भावना हुँदाहुँदै पनि संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए ।

‘संविधानको जुन धारा देखाएर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो संवैधानिक छैन’ जनकपुरधाममा जनता समाजवादी पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘सरकार बन्ने स्थिति रहेसम्म संविधानले संसद विघटनको परिकल्पना गरेको छैन् ।’

संविधान बन्ने बेला आफू पनि मस्यौदा समितिको सदस्य रहेको बताउँदै उनले त्यस बेला संविधानमा सिधै संसद विघटन गर्न मिल्ने प्रावधान नराखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्