भीड थेक्न नसकेपछि हटाइयो संकटा क्षेत्रबाट छाता



काठमाडौँ । छोटो समयमा भाइरल भएको न्युरोड संकटा सडकमाथि राखिएको छाता हटाउन सुरु गरिएको छ । कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो ।

‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगायौं,’ संकटा क्लवका सचिव आशिषमान सिंहले भने, ‘भीड व्यवस्थापन गर्न सकेनौं र हटाउने निर्णयमा पुग्यौं।’

समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्