कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए : बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको बताएका छन् ।

नेकपाभित्रको विवादतर्फ लक्षित गर्दै भट्टराईले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुलाई उनले ‘आगो लगाएको’ रूपमा उल्लेख गरेका छन् । संघीयतामाथि नै खतरा उत्पन्न गराउन खोजिएकोमा पनि उनको चिन्ता छ।

‘एक आर्किटेक्टको अनुभूतिस्जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो,’ आइतबार उनले ट्वीट गरेका छन्, ‘सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए।’

उनले घरझगडामा छिमेकी भने रमिते बनेको बताएका छन्। ‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते ! लौन आगो निभाऊॅ’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्