नेकपा ओली पक्षको भेलामा कालो मास्क लगाउन निषेध



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको काठमाडौँ जिल्ला कमिटी भेला प्रज्ञा प्रतिष्ठान भवनमा जारी छ ।

भेलामा नेता कार्यकर्ताको उपस्थिति निकै बाक्लो रहेको छ ।

आजको भेलालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।

भेलामा प्रधानमन्त्री सहभागी हुने भनिएपछि कार्यक्रम सहभागी हुनेलाई कालो रंगको मास्क, टोपी, पञ्जालगायत सामग्री लगाउन निषेध गरिएको छ । त्यस्तै पानीको बोतल लिएर जान पनि निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्