आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव पक्ष



केहीदिन अघि नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन सुरु गरेका थिए । अब उक्त विघटनविरुघ दोस्रो चरणको आन्दोलन आज गर्ने घोषणा प्रचण्ड–माधव पक्षले गरिसकेको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए ।

प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्