
काठमाडौं । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ । माघ ७ गते बैठक आह्वान गर्न आज बसेको प्रदेश मन्त्रिपरिषदले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।
भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले दिएको जानकारीअनुसार प्रदेश सभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस भएको छ ।





