प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरे : प्रकाशमान सिंह



काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन्। स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताए।

‘जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो’, उनले भने। वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि उनले आरोप लगाए।

विघटित प्रतिनिधिसभाका सदस्य सिंहले नगरपालिकाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वर नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्