राष्ट्रियसभाका एक जना सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । राष्ट्रियसभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आजदेखि सुरु हुन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रियसभाका ४१ सांसदसहित ९७ जनाको कोरोना हिजो कोरोना परीक्षण गरिएकोमा ६ जनामा भाइरस पुष्टि भएको हो । कोरोना जाँचको रिपोर्ट भने आज आएको हो ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आज अपराह्न ४ बजेदेखि सुरु हुँदैछ । एक जना सांसद र कर्मचारीलाई कोरोना संक्रमण देखिएपनि अधिवेशनमा भने कुनै प्रभाव नपर्ने सहप्रवक्ता धमलाले बताए।

प्रतिक्रिया दिनुहोस्