ओलीको निरंकुश सत्ता चलाउने प्रयास सफल हुँदैन : वर्षमान पुन



बुटवल । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले लगाएका छन् ।

नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन् । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको पुनको भनाइ छ ।

नेता पुनले प्रधानमन्त्री ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको आरोप पनि लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्