परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको पुन: तयारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालिएको छ ।

यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । तर प्रधानमन्त्री केपी ओलीले अकस्मात् संसद भंग गरेपछि सो मितीमा भ्रमण हुन सकेन् ।

तर आगामी हप्ताबाट सर्वोच्चमा संसद विघटनको बारेमा छलफल हुने भएकाले तत्कालै मिती भने घोषणा नगरिने स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्