प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव गौतम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनमा अहिलेसम्म तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रचण्ड नेपाल नेतृत्वका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका थिए ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन् ।

राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड-नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्