आज राप्रपाले सरकारविरूद्ध प्रदर्शन गर्ने



काठमाडौं । राप्रपाले शुक्रबार सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ । पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार सरकार चौतर्फी रूपमा असफल भएकोले विरोध गर्न लागिएको हो।

उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका पक्षमा पनि प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन्।

‘सरकार चौतर्फी रूपमा असफल भइसक्यो । यसको विरोधमा जनप्रदर्शन गर्न लागेका हौं,’ उनले भने । उनले ११ः३० देखि भृकुटीमण्डपमा प्रदर्शनका कार्यक्रम हुने बताए।

प्रतिक्रिया दिनुहोस्