प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको छैन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्नि सापकोटाले अहिलैकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् ।

नेकपा (प्रचण्ड–माधव समूह)को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।

अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्