चौतर्फी तारिफ बटुल्दै सशानको ‘संगैको साथी’ (भिडियो सहित)



काठमाडौं । चर्चित गायक तथा निर्देशक सशान कंडेलको आवाजमा रहेको ‘संगैको साथी’ गीतले रिलिजसंगै चौतर्फी चर्चा बटुल्दै छ । टिकटकबाट आफ्नो छुट्टै पहिचान बनाएका सन्तोष बस्नेतलाई यसै भिडियोबाट सशानले डेब्यु गराएका हुन ।

सशानको गायकी र सन्तोष बस्नेतको अभिनयले भिडियोलाई निकै उत्कृष्ट बनाएको छ । भिडियोलाई सन्तोषको आफ्नै ठाउँ च्यानम,ओखलढुंगामा सम्पुर्ण छायांकन गरिएको छ । भने भिडियोमा सन्तोषकै आमा अनि दाजुभाइले पनि अभिनय गरेका छ्न ।

बिदेशी मोह त्यागेर नेपालमै बस्छु भन्ने पात्रलाई सन्तोषले पुर्ण रुपमा न्याय गरेका छन । यस गीतलाई सेन्चुरी सुरेश घमालले लेखेका हुन भने संगीत स्वयम् कंडेलको रहेको छ भने बिनय कार्कीले संगीत संयोजन गरेका छ्न । सशान कै निर्देशन , सुरज खनालको छायांकन अनि बिकाश दाहालको सम्पादन रहेको यस भिडियोमा दर्शकहरुले राम्रो राम्रो प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्