मन्त्रिपरिषदको निर्णय : निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्बहाली गर्ने



काठमाडौं । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई ८ कात्तिक २०७५ मा बर्खास्त गरिएको थियो ।

११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । आरोपित भने अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्