प्रचण्ड माधव समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।

बैठकले आफ्नै दलमा बहुमत जुटाउन प्रयास गर्ने र नेपाली काँग्रेसहितका दलहरुसँग पनि सत्ता समीकरणका लागि छलफल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्