हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना माग राख्दै राप्रपाले प्रदर्शन गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको माग राख्दै प्रदर्शन गर्ने भएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मागसहित धर्म परिवर्तन, कुशासन र सर्वसत्तावादविरुद्ध प्रदर्शन गर्न लागेको जनाएका छन् ।

आगामी शुक्रबारका लागि तय गरिएको प्रदर्शन काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

प्रदर्शनपछिको कोणसभालाई पार्टीका तिनै जना अध्यक्षले सम्बोधन गर्ने तय भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्