प्रचण्ड पत्नी सीता अस्पताल भर्ना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्ष का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् । अस्वस्थ बनेपछि उनलार्य अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्