आज प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बैठक बस्न लागेको हो । बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ ।

प्रचण्ड–नेपाल पक्षले बैठकपछि आज अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । संसद पुनःस्थापनाको माग गरिरहेको प्रचण्ड–नेपाल पक्षले आगामी आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्