प्रचण्ड-माधव समूहका मन्त्रीलाई हटाउने योजना छैन : मुख्यमन्त्री गुरुङ



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड-माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फुट आएसँगै प्रदेश सरकारहरु मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र मन्त्रीहरु हटाउने होड देखिएको छ ।

तर गण्डकीमा प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छैन भने ओली समूहमा रहेका मुख्यमन्त्री गुरुङले अर्को समूहका मन्त्रीहरुलाई हटाएका पनि छैनन् । अहिले हटाउने योजना नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्