काठमाडौँ क्षेत्र नं.४ स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन महानगर प्रमुख विद्या सुन्दर शाक्यको अनुरोध



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ क्षेत्र नं. ४ स्तरीय अगुवा कार्यकर्ता भेला भोलि पुस १६ गते दिनको २ बजे ए वान पार्टी प्यालेस चावहिलमा हुन नेकपा केन्द्रीय सदस्य तथा महानगर प्रमुख विद्या सुन्दर शाक्यले कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

नेता शाक्यले प्रधानमन्त्री ओलीको निर्णयलाई समर्थन गर्दै पछिल्लो पार्टी गतिविधि र आगामी कार्यदिशाबारे अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न भेला आयोजना गरिएको परिवर्तन खबरलाई बताएका छन् ।

पार्टी विवादपछि आयोजना गरिएको पहिलो काठमाडौँ क्षेत्र नं. ४ स्तरीय पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मन्त्रीहरु कृष्ण गोपाल श्रेष्ठ, टोप बहादुर रायमाझी, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराइले विशेष सम्बोधन गर्ने महानगर प्रमुख विद्या सुन्दर शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्