राखेप र कृषि बिकास बैंकबीच सम्झौता



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कृषि बिकास बैंकबीच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच मंगलवार सम्झौता भएको हो ।

दश बर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भन्नु भयो–सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ,यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ ।

बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तरर्गत छुट्याएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुनेछ । वहाँले भन्नु भयो–लगानी गरे परिणाम आउछ, नेपाली खेलकुद रिजल्ट दिन सक्क्षम छ, हामी परिणाम दिएर राष्ट्रको गौरब बढाउछौं, लगानीमा हामीलाई साथ दिनुहोस् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउदै संस्था गौरबित भएको बताउनु भयो । वहाँले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेका हौं । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बिगतलाई स्मरण गराउदै भन्नु भयो– भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पूनः खेलकुदसँग जोडिएको छ ।

अवश्य पनि नतिजा फलदाय हुने छ । वहाँले थप्नु भयो–केन्द्रिमा मात्र होईन्, जिल्ला प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।

दश बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धि ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता कर्जा उपलब्ध गराउने छ । जसमध्ये चभखयखिष्लन प्रकृतिको कर्जा सिमा अधिकतम ५ लाख हुनेछ । परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

खेलकुदको विकास र विस्तारका लागि केन्द्र देखि पालिका सम्म सहमति अनुसार खेल गतिबिधिमा सहकार्य गर्न सकिने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले संचालन गरेका कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्नेछ । बैंकले छपाई गरेको टिकटमा संस्थाको ब्यवसायिक सन्देश राखिनेछ । बैंकिङ कारोवारका लािग बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्ने छ ।

सम्झौतामा परिषद्को तर्फबाट बिभागिय प्रमुख कुलवहादुर थापा साक्षि रहनु भएको थियो । सो अवसरमा राखेपका सदस्यद्धय सुवास श्रेष्ठ,सम्पन्न श्रेष्ठ,परिषद्का बिभागिय प्रमुख,शाखा प्रमुख,राखेप कर्मचारी संघ,बैंकका बरिष्ट अधिकृतलगायतको उपस्थिति रहेको थियो । सम्झोता आजकै मिति देखि १० बर्षका लागि लागू हुने छ । बैंक र परिषद्बीच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मुल उद्देश्य रहेको छ । यो सम्झौताका बिषय बस्तु नेपाल सरकारले जारी गरेको कानुन र भविष्यमा जारी हुने कानुन बमोजिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्