काठमाडौँ क्षेत्र नं.४ स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन संयोजक निर्मल कुईकेलको अनुरोध



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ क्षेत्र नं. ४ स्तरीय अगुवा कार्यकर्ता भेला भोलि पुस १६ गते दिनको २ बजे ए वान पार्टी प्यालेस चावहिलमा हुने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्लाका पूर्व अध्यक्ष निर्मल कुईकेलले भेलाको संयोजन गरेका छन् ।
२०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका कुईकेल कुशल संगठक र कार्यकर्ताबिच लोकप्रिय छन् ।

नेता कुईकेलले प्रधानमनत्री ओलीको निर्णयलाई समर्थन गर्दै पछिल्लो पार्टी गतिविधि र आगामी कार्यदिशाबारे अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न भेला आयोजना गरिएको परिवर्तन खबरलाई बताएका छन् । भेलामा सहभागी हुन ४ नं. क्षेत्र स्तरीय अगुवा कार्यकर्ताहरुलाई अपिल समेत गरेका छन् ।

पार्टी विवादपछि आयोजना गरिएको पहिलो काठमाडौँ क्षेत्र नं. ४ स्तरीय पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मन्त्रीहरु कृष्ण गोपाल श्रेष्ठ, टोप बहादुर रायमाझी, महानगर प्रमुख विद्या सुन्दर शाक्यका साथै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले विशेष सम्बोधन गर्ने आयोजक कुईकेलले बताए ।

प्रतिक्रिया दिनुहोस्