जनताको संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न निरंकुशतावादीहरु सल्बलाउन थाले : प्रचण्ड



काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘तमू (गुरुङ) समुदायको तमू ल्होछाररल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह पनि गरेका छन् ।

‘नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो मौलिक परम्परा भएको देश हो । हाम्रा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको हो,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘विविधता भित्रको एकता नेपाली समाजको विशेषता हो ।

यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्