कलंकित छोरा : जो आफ्नै आमालाई बारम्बार गर्छन् बलात्कार



तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ बर्षीय पुरुषले आफ्नै आमाको बलात्कार गरेका छन् । आमालई जबर्जस्ती बलात्कार गरेको अभियोगमा जिल्ला अदालत तनहुँले ती पुरुषलाई जन्मकैदको फैसला समेत सुनाइसकेको छ ।

लगभग ४७ बर्षीया आमालाई छोराले अहिलेमात्र होइन विगत केही बर्षदेखि जबर्जस्ती बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । हरेक दिनजसो मादकपदार्थ सेवन गरी जबर्जस्ती बलात्कार गर्दै आएपछि सहनै नसकेर आमाले छोराको विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्