वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन्, त्यसपछि पत्तासाफ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई जना व्यक्तिले प्रतिनिधि सभा भंग गर्न नमिल्ने बताएका छन् ।

‘ओली वैशाखबाट प्रधानमन्त्री हुन्नन् । त्यसपछि पत्तासाप,’ भृकुटीमण्डपमा आज आयोजित विरोध सभामा प्रचण्डले भने, ‘आजको नेपाल र विश्वमा श्री ३ महाराजाधिराज हुन्छु भनेर हुन्छ ?’

उनले कम्युनिष्ट पार्टी फुटिसकेको पनि बताएका छन् । संविधान बचायो भने दुई वर्षपछि चुनाव हुने पनि उनले बताए । अहिले चुनाव भए जितिहालिन्छ भनेर मख्ख नपर्न पनि उनले अन्य पार्टीका नेतालाई आग्रह गरेका छन् ।

चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।’

छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्