बर्खास्त भएका मन्त्री बोहरा भन्छन् : मुख्यमन्त्रीको पद सुरक्षित छैन



कैलाली । मंगलबार पदबाट बर्खास्त भएका सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् ।

बोहराले आफ्नो बर्खास्तीलाई सामान्य रुपमा नलिने बताए । बसेर छलफल गछौं । पार्टीले जे निर्णय गर्छ त्यही अनुसार हामी अगाडि बढ्छौं उनी भन्छन् विभाजित हुने अवस्था सुरु भएपछि संसद्मा पनि आ-आफ्नो पक्षमा लाग्लान् ।

बर्खास्तपछि मन्त्री बोहराले आफूलाई जिम्मेवारीबाट हटाएको विषयमा आधिकारिक जानकारी नदिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्