योगेश भट्टराईले भने : प्रतिगमन नसच्चिँदासम्म सडक छाड्दैनौं



काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन् ।

संसद विघटनको विरोधमा प्रचण्ड माधव समूहले देशभर प्रदर्शन गर्दैछ, बाग्मती प्रदेशको हकमा भने काठमाडौंमा प्रदर्शनसहित जनसभा भइरहेको छ । सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभा सञ्चालन गरिरहेका नेता भट्टराईले यो कार्यक्रम आफूहरु सडकमा आएको जनाउ दिन मात्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्