संसद विघटनपछि विप्लव र वैद्य एकै मञ्चमा, रणनीतिक संयुक्त मोर्चा गठन



काठमाडौं । संसद विघटनपछ उत्पन्न राजनीतिक घटनाक्रमले पूर्वमाओवादी नेता मोहन वैद्य किरण र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई एकै मोर्चामा उभ्याएको छ ।

विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृतवको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, र आहुति नेतृत्वको वैज्ञानिक सामाजवादी, कम्युनिष्ट पार्टी नेपालले संसद् विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको पछिल्ला कदमविरुद्ध चार पार्टीले रणनीतिक संयुक्त मोर्चा गठन गरेका छन् । चारओटै पार्टीले संसद् विघटन वैदेशिक शक्तिको आढ र भरोसामा भएको निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनता जनतन्त्र र जनजीविकामाथि संकट थोपर्दै आएको उनीहरुको धारणा छ ।

देश र जनताको समस्या संसद् पुनः स्थापना या मध्यावधि निर्वाचनबाट हुन नसक्ने भन्दै संयुक्त मोर्चाले आफ्ना कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्