नेकपाको नामलाई लिएर परेको मुद्दा पेसीमा चढ्यो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई लिएर परेको मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ ।

तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिरामा कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो ।

त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो ।

प्रतिक्रिया दिनुहोस्