एन्निभर्सरीमा श्रीमानले दिए श्रीमतीलाई चन्द्रमामा २३ रोपनी जग्गा उपहार



भारतको राजस्थानस्थित अजमेर जिल्लाका चर्चित व्यापारी धर्मेन्द्रले एन्निभर्सरीमा श्रीमतीलाई चन्द्रमामा जमिन खरिद गरेर दिएका छन् । अहिले सामाजिक सञ्जालमा उनको निकै नै चर्चा भैरहेको छ ।

धर्मेन्द्रकी श्रीमतीको चन्द्रमामा जग्गा किन्ने सपना थियो । श्रीमानले उनीहरुको आठौँ एन्निभर्सरीमा उपहार स्वरुप चन्द्रमामा २३ रोपनी जग्गा श्रीमतीको लागि किनिदिएका छन् । धर्मेन्द्रले श्रीमतीको लागि यो सरप्राइज दिन आफूले थुप्रै स्थितिको सामना गरेको बताए । साथै उनले १ बर्ष अगाडीदेखि नै आफूले यो कुराको तयारी समेत गरिरहेको जानकारी दिएका छन् ।

धर्मेन्द्र अनिजाकी श्रीमती सपना अनिजा भन्छिन्, ‘उपहारमा चन्द्रमाको जग्गा पाउँदा यति खुसी भएकी थिएँ कि कति पटक त रुन मात्रै मन लागिरहेको थियो । यस्तो उपहार पाउने सायद म संसारकै सबैभन्दा भाग्यमानी महिला हुँ ।’

सपनाको नाममा चन्द्रमामा १४.३ नर्थ ल्याटिट्युड ५.६ ईस्ट लन्गिट्युड, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ मा तीन एकड (२३ रोपनी) जमिन खरिद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्