असंवैधानिक संसद विघटन विरुद्ध नागरिक संगठनको विज्ञप्ति



प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिक भन्दै नागरिक संगठनको तर्फबाट विभिन्न ११ महासंघले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।

‘सुशासन महासंघ नेपाल’ का प्रमुख सल्लाहकार प्रकाश विकल्प सहित अन्य महासंघका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा जारी विज्ञप्तिमा ओली सरकारले जन अपेक्षा अनुरुप काम नगरेको, सुशासन एवम् सामाजिक न्याय र विकास गर्न असफल भएको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक मत भिन्नतालाई कारण देखाई नागरिक सर्वोच्चताको अभ्यास गर्ने सार्वभौम संसदलाई निहित स्वार्थ सिद्ध गर्न असंवैधानिक ढगंले विघटन गर्नुले मूलुकमा विधिको शासनको मात्र उपहास भएको छैन, नागरिक सर्वोच्चतामाथि समेत निर्मूल प्रहार भएको हाम्रो साझा निष्कर्ष रहेको उल्लेख गरिएको छ ।

अत: यस्तो गैरसंवैधानिक कदमले हजारौँ हजार नागरिकको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती खडा गरेकोले सम्पूर्ण मानवअधिकार सुशासन एवम् लोकतन्त्र पक्षधर नागरिकलाई आन्दोलनको माध्यमद्धारा पुनः लोकतन्त्र हासिल गर्न एकपटक निर्णायक आन्दोलनको लागि हामी अपिल गर्दछौँ ।

नागरिक संगठनद्धारा जारी संयुक्त विज्ञप्ति-

प्रतिक्रिया दिनुहोस्