
काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ लाई मातृशोक परेको छ ।
खनालकी आमा मुमादेवी खनालको ९५ वर्षको उमेरमा आइतवार राती ८ बजे निधन भएको हो ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुमादेवीको निधनप्रति दुख व्यक्त गरेका छन् ।





