नेकपाका एक कार्यकर्ताले लेखे क.प्रचण्ड, बाबुराम, मोहन र विप्लपलाई यस्तो पत्र



कमल बि.क. काठमाडौं ।

अहिलेको यो एकतन्त्रीय शासन देख्दा मनलाई थाम्नै सकिन मनमा उब्जियका कुरा लेख्ने प्रयास गरेको छु, गल्ती भए क्षेमा चाहान्छु म हजुरको बिचार सिधान्त नैतिकता आदर्श देशलाई दिएको योगदानको सम्मान पनि गर्दछु ।

म पनि एक (नेकपा)आस्थावान कार्यकर्ता हुँ म एक जनयुद्धमा परिवार नै हुमिएको कोखबाट जन्मिएको सन्तान हुँ म जनयुद्ध सुरु हुँदा खेरी ५ सालको थिएँ अहिले हेर्दाहेर्दै २२ सालको पुगेको छु, गणतन्त्रको नारा अहिले पनि कानमा गुन्जिरहेको छ, ती राता मान्छेले माइक्रोफोन समाएर कुनै सार्वजनिक स्थानहरुमा गुन्जिएका ती बाजागाजा संगै राता मान्छेका तस्बिरहरु अहिले पनि आखामा झल्किन्छ ।

कहाँ छ गणतन्त्र ?

सर्बहारा श्रमजीवी बर्गलाई त आएन गणतन्त्र ? भेरी कर्णाली र भिरपाखा खोलानालाहरुमा रगतको खोला बगाउनेलाई त आएन गणतन्त्र ? घाइते अपांग बेपत्तालाई त आएन गणतन्त्र ? आफ्नो नाबालक छोराछोरी छोडेर जनयुद्धमा हुमिएका सन्तानलाई त आएन गणतन्त्र ? जनताको मुक्ति लागि जेलनेल भोकेकालाई त आएन गणतन्त्र ? जनयुद्धमा नाङ्गो शरीर भोको पेट बनाएर मार्छपास गर्नेलाई त आएन गणतन्त्र ? त्यो अँध्यारो रातमा काखिमा बच्चालाई च्यापेर राईफल चलाउने ती महिलालाई त आयन गणतन्त्र ? प्रतिक्रियावादीहरुले माओवादी होइन भन तलाई मार्दैनौ भने पनि म माओवादी हुँ मार्ने भए मार भनेर आफ्नो जीवन मरण गर्न तयार हुनेको लागि त आएन गणतन्त्र ? नाङ्गो शरीर र भोको पेटमा प्रतिक्रियावादीहरुलाई निसाना लगाउने ती योद्दाहरुलाई त आएन गणतन्त्र ?

आज कस्को मोज गणतन्त्र मा ?

हिजो जस्ले हामीलाई देख्न सकेन, जस्ले नाम सुनेपनी मार्न तयार हुन्थे, जस्ले हाम्रो बाटो कुरेर बस्थे, जस्ले समाजमा विभिन्न घटना घटाएर पनि ती सहिदहरुको नाम जपेर बस्थे तिनीहरुलाई आयो गणतन्त्र । समाजमा भएका विभिन्न कुरिती कुसंस्कार रितिरिवाज रोडिबादी देश दोर्ही देशलाई आफ्नो घरको दाइजो जस्तो सम्झेर अर्को रास्टलाई सजिलै सुम्पेका माहाराजाहरुलाई आयो गणतन्त्र ।

दलाल भ्रष्टाचारिलाई आयो गणतन्त्र आफन्त बादलाई आयो गणतन्त्र, जो गणतन्त्र चाहिँदैन भनेर बिरोध गर्थे आज तिनीहरुलाई नै आयो गणतन्त्र पुँजीवादीलाई आयो गणतन्त्र, सामान्तीलाई शोषक लाई आयो गणतन्त्र, बिचौलियालाई आयो गणतन्त्र बलात्कारिलाई बचाउनको लागि आयो गणतन्त्र, हिजो सबिधान बनाउँदा खेरी जस्ले गणतन्त्र समावेशिता, सङ्घियता, समानुपातिक, धर्मनिरपेक्षता लेख्दा खेरी जस्ले मुटु दुख्ने गरि त्यो सदन हल्लाउँदै हिड्थे आज तिनीहरुलाई नै आयो गणतन्त्र, जस्ले यो देशको लागि हो भनेर आवाज निकाल्ने जति आज गणतन्त्र बिरोधि भए आज बिचौलिया माफिया दलाल भ्रष्टाचारि बलात्कारी देश दोर्ही, देश बेचुवा भ्रष्टाचार बचाउ गर्ने बलात्कारीलाई बचाउ गर्ने, आफन्तवादलाई बढि प्रोत्साहन गर्ने, चाकरी वादलाई प्रोत्साहन गर्नेहरुलाई ब्राह्मणवादी, पुँजीबादी, शोषक, सामान्तबादी, चिन्तन भएकाहरुको रजाई गर्नेको लागि ती वीर सहिदहरुले रगत बगाउनु परेको रहेछ ।

यो संघर्ष गर्नु परेको रहेछ । अब ती सहिदहरुको परिवारले गणतन्त्र पाएको अनुभुती गर्न कहिले पाउँछन्, ती बेपत्ता परिवारले गणतन्त्र पाएको अनुभुती गर्न कहिले पाउँछन्, अब ती बिदेसिएका लाखौं लाख युवाहरुले गणतन्त्र पाएको अनुभुती गर्न कहिले पाउँछन्, देशमा अनेकौं थरिका घटना भैरहेका छ्न् ती घटनाले न्याय कहिले पाउँछन्, देशका हरेक कुना कन्धरामा भत्काएका लाखौ लाख संग्रहालयहरुको निर्माण कहिले देख्न पाउँछ ! आखिर के त्यो सब आफ्नो स्वार्थ पूरा गर्नको लागि थियो ? सर्बहारा श्रमजीवी बर्गले आखिर जिउँदो लासहरुको संघर्ष त त्यतिकै खेर गयो ।

सहिदको रगतलाई कहिलेसम्म अपमान हुन्छ ? अब भनिदिनु होस क.प्रचण्ड, बाबुराम, मोहन, बिप्लप, ज्यु अब त्यो सहिदको रगतको मूल्य चुक्ता हुन्छ या त्यतिकै समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्