फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति ?



सुनको मूल्य फेरि ह्वात्तै बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएअनुसार आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ७ सय बढेर ९४ हजार ९ सय रुपैयाँ भएको छ ।

सोमबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। आइतबार स्थिर रहेको चाँदीको मूल्य सोमबार प्रतितोला १ हजार ३ सय १५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्