
भारतको कहेरलको राजधानी तिरुवन्तपुरमा चुनिएकी नयाँ मेयर केरलको मात्रै नभएर पुरा भारतकी अहिलेसम्मकी कान्छी मेयर बन्ने भएकी छिन् । माक्र्सवादी कम्युनिष्ट पार्टी (सीपीएम) ले २१ बर्षकी आर्या राजेन्द्रलाई मेयरको पदको लागि चुनेको छ ।
भारतको केरलको राजधानी तिरुवनन्तपुरमकी नयाँ मेयर केरलको मात्रै नभई पूरा देशकी कान्छी मेयर बन्ने भएकी छिन् । मार्क्सवादी कम्युनिष्ट पार्टी ९सीपीएम० ले २१ वर्षकी आर्या राजेन्द्रनलाई यो पदका लागि विश्वास गरेको छ । आर्या तिरुवनन्तपुरमकी अर्की मेयर बनेर इतिहास रच्नेछिन् ।
आर्या हालै भएको नगर निकाय चुनावमा मुदवन्मुगलबाट वार्ड काउन्सिलर छानिएकी थिइन् । यो चुनावमा सिपिएमको तर्फबाट आर्या सबैभन्दा युवा प्रत्यासी थिइन् । देशको सबैभन्दा युवा मेयर बन्न लागेकी आर्या हाल बीएससी (गणितं) की छात्रा हुन् ।
आर्याले यो निर्णयले आफ्नो पढाईमा बाधा नपुर्याउने विश्वास गर्दै राजनीतिक कार्य र पढाईलाई सँगसँगै लैजाने निर्णय गरेकी छिन् ।





