बयलगाडा चलाउने प्रतिगामी सोचको खरानी बनाउने बेला आयो : युवा नेता तिर्थ सुनार



काठमाडौं । दैलेख जिल्ला दुल्लु नगर कमिटी सदस्य तथा युवा नेता तिर्थ सुनारले केपि शर्मा ओलिको असंवैधानिक कदमका बिरुद्ध भएको कार्यक्रममा आमनागरिकको सहभागिता भएको र केपि ओलीले गरेको असंवैधानिक कदमको भन्डाफोर गर्न कर्णाली प्रदेशका आमनागरिक, नागरिक समाज, बुद्धिजीवि तथा युवाले एकढिका भएर अगाडि बढ्नुपर्ने बताए ।

सुनारले केपि ओलीको असंवैधानिक कदमका बिरुद्धमा कर्णालीमा रहेका सम्पुर्ण नेता कार्यकर्ताले फाँसीवादि ओली मन्डलीको असंवैधानिक कदमको युवा नेताहरुले भण्डाफोर गर्नु पर्ने बताए । युवा नेता सुनारले प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक नभएको उनको भनाई रहेको छ।

राजतन्त्रको झोला बोकेरै बयलगाडा चलाउने प्रतिगामी सोचको खरानी बनाउने बेला आएको बताए । उहाँले प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटनका विरुद्ध संविधान बिपरित कदमको विरुद्ध एकढिक्का भएर आन्दोलन गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्